लिखु तामाकोशी गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु (भिडियोसहित)

  • प्रकाशित मिति: बुधबार, माघ २५ २०७९
  • तामाकोशी

धोवी, २५ माघ । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिका केन्द्र धोवी बजारमा तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिता आजबाट सुरु भएको हो ।
गाउँपालिका खेलकुद समितिका अध्यक्ष सुशियल तामाङको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा पालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दिपा पाख्रिन लगाएतले बोल्नु भएको थियो । आज सम्पन्न मार्चपास विद्यामा अरुणोदय मावि फेदी सैपु प्रथम, चण्डेश्वरी मावि सैपु द्धितिय र झट्टेश्वर मावि नागदह तृतिय भएका छन् ।
गाउँपालिका स्तरीय प्रतियोगितामा विभिन्न १२ वटा माध्यमिक विद्यालयहरुले विभिन्न ८ वटा विद्याहरुमा सहभागिता जनाएका छन् । प्रतियोगिता माघ २७ गते सम्म सञ्चालन हुने छ ।