रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको घटना स्थलमा नै ज्यान गएको छ । बा ११ ज ५९३५ नम्बरको सिङल क्यापको बोलेरो राजधानी काठमाडौबाट फर्किने क्रममा शनिबार दिउँसो २ बजे उमाकुण्ड गाउँपालिका-७ भुजी मा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका चालक ओखलढुंगा ज्यामिरेका नारायण बहादुर मगर रहेको बताइएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गयो
- प्रकाशित मिति: शनिबार, माघ ७ २०७९
- तामाकोशी