रामेछाप । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) वाग्मती प्रदेशको अध्यक्षमा रामेछापका श्यामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । शनिवार काठमाडौँमा सम्पन्न एलाइन्सको प्रथम अधिवेशन तथा मानव अधिकारकर्मी र सामाजिक अभियन्ताहरूको प्रदेश सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । गठित कमिटीको उपाध्यक्षमा क्रमशः केशवराज पन्त र कविता शाह चयन हुनुभएको छ । कमिटीको सचिव र कोषाध्यक्षमा हरिबोल आचार्य र निर्मल कुमार उप्रेती चयन हुँदा सहसचिवमा पार्वती घिमिरे दवाडी र अञ्जनप्रसाद पौडेल चयन हुनुभएको छ । सदस्यहरूमा सुवर्ण अधिकारी, सुनिता शर्मा, सन्तोष महर्जन, हरिप्रसाद तिमल्सिना, बिन्द्रा बिक, पम्फा मगराती, प्रमीला सुवेदी र दावा छिरिङ लामा चयन हुनुभएको छ ।
मानव अधिकार एलायन्स वाग्मती प्रदेश अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ
- प्रकाशित मिति: आइतबार, माघ १ २०७९
- तामाकोशी