बागमती प्रदेशमा सभामुख र उपसभामुखका लागि निर्वाचन हुने

  • प्रकाशित मिति: सोमबार, पुष १८ २०७९
  • तामाकोशी

हेटौंडा । बागमती प्रदेशमा सभामुख र उपसभामुखका लागि पुस २८ र २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सर्वदलिय बैठकले सभामुख र उपसभामुखका लागि निर्वाचन गर्ने सहमति गरेको हो । जसअनुसार प्रदेशसभाको सभामुखका लागि पुस २८ गते र उपसभामुखका लागि २९ गते निर्वाचन गर्न दलहरुबीच सहमति भएको छ । सो निर्वाचनका लागि पुस २७ गते सभामुख र उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्ने सर्वदलिय बैठकमा सहमति भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताउनुभयोे ।