रामेछाप । रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) ले जनताको चाहना अनुसार रामेछापको विकासका लागि सबै स्थानीय जनप्रतिनिधिहरूको साझा सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रामेछापले बुधवार मन्थलीमा आयोजना गरेको बाली÷पशु वस्तुको बजारीकरण गोष्ठीमा बोल्दै सांसद तामाङले यस्तो बताउनुभएको हो । कार्यक्रममा सांसद तामाङले जिल्लाको विकासका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू सहितको बैठक राखेर साझा धारणा बनाउने समेत बताउनुभयो । आफ्नो कार्यकालमा रामेछाप जिल्लाको पूर्वाधार विकासलाई राम्रो बनाउँदै उत्पादन क्षेत्रका लागि आवश्यक योजना बनाउने उहाँको भनाइ छ । पार्टी, सरकार जसको भए पनि सिङ्गो रामेछाप विकासका लागि कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । राज्यको लगानी सही ठाउँमा लगानी हुनुपर्नेमा जोड दिँदै उहाँले सरकारी रकमको परिणाम देखिने गरी सही ठाउँमा सदुपयोग गर्न सरोकारवाला निकायलाई आग्रह पनि गर्नुभयो ।
रामेछाप विकासका लागि सबै स्थानीय जनप्रतिनिधिहरूको साझा सङ्कल्प आवश्यक छ : सांसद तामाङ
- प्रकाशित मिति: बुधबार, पुष १३ २०७९
- तामाकोशी