रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा बोलेरो दुर्घटना : ९ जना घाइते(विवरण सहित)

  • प्रकाशित मिति: शनिबार, पुष २ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । भूजीमा सञ्चालन भइरहेको उमाकुण्ड लिग फुटबल हेर्न दुरागाउँबाट भुजी जाँदै गरेका स्थानी सवार रहेको बोलेरो शनिवार बिहान ११ः४५ बजे भूजीको एकतारे छाँगामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमल सुनुवार, राजकुमार थापा र विमला सुनुवारलाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइतेलाई एम्बुलेन्सबाट रामेछापको सदरमुकाम मन्थली ल्याइएको छ । एम्बुलेन्समा ल्याइएका घाइतेमा मनिता खड्का, दीपककुमार सुनुवार, सृष्टि सुनुवार, सिता कार्की, नरेश खड्का, र सुजन भुजेल रहेका छन् । घाइते अधिकांशको टाउको, आखाँ हात, गोडा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरो आफै अनियन्त्रित भई सडकबाट दायाँतर्फ ५० तल खसेको छ । बिरामीलाई काठमाडौँ लैजान हेलिकप्टरमा लाग्ने खर्च नेकपाका एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्च सल्लाहकार सदस्य तथा लिखु तामाकोसी गाउँपालिका–१ का एमाले नेता रामकाजी कार्की र निर्माण व्यवसायी दीपक कार्कीले सहयोग गर्नुभएको लिखु तामाकोसी गाउँपालिका–१ का वडा सदस्य युवराज सुनुवारले बताउनुभयो ।
घाइतको विवरण हेर्नुहोस्
१,जिल्ला रामेछाप लिखुतामाकोशी गा.पा.१ कोटगाउ बस्ने वर्ष ३२ की बिमला सुनुवार टाउको र आखामा चोट अवस्था गम्भिर ।(अन्नपूर्ण हे.क.द्वारा ऐ.१४.२० मा काठमाण्डौ तर्फ पठाएको।)
२,ऐ.ऐ.बास्ने वर्ष २३ की श्रृष्टी सुनुवार आँखामा गम्भिर चोट ।(थप उपचारको लागि मन्थली तर्फ ल्याउदै)
३,ऐ.ऐ. बस्ने वर्ष ३९ को बिमल सुनुवार नाक र टाउकोमा चोट गम्भिर (चालक)।(अन्नपूर्ण हे.क.द्वारा ऐ.१४.२० मा काठमाण्डौ तर्फ पठाएको।)
४, ऐ.ऐ. बस्ने वर्ष ३४ को राजन भन्ने राज कुमार थापा खुट्टमा चोट सामान्य । (अन्नपूर्ण हे.क.द्वारा ऐ.१४.२० मा काठमाण्डौ तर्फ पठाएको।)
५ ऐ.ऐ. बस्ने वर्ष ३० की सिता कार्की ढाडमा चोट गम्भिर ।(थप उपचारको लागि मन्थली तर्फ ल्याउदै)
६ ऐ.ऐ. बस्ने वर्ष ३० की मनिता खड्का ढाडमा चोट गम्भिर ।(थप उपचारको लागि मन्थली तर्फ ल्याउदै)
७ ऐ.ऐ. बस्ने वर्ष १६ को नरेश खड्का सामान्य ।
८ ऐ.ऐ. बस्ने वर्ष ४० को दिपक सुनुवार टाउकोमा चोट गम्भिर ।(थप उपचारको लागि मन्थली तर्फ ल्याउदै)
९ ऐ.ऐ. बस्ने वर्ष १९ को सुजन भुजेल सामान्य ।