हरेक मतदाताको निर्वाचित जनप्रविधिमा आफ्नो आकृति देख्ने चाहाना छ : युवराज चौलागाईँ

  • प्रकाशित मिति: बिहिबार, मंसिर २९ २०७९
  • तामाकोशी

रामेछाप । बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईँले पनि जनताले दिएको मतको उच्च सम्मान र कदर गर्दै जनचाहाना अनुसार जिल्लाको विकासमा लाग्ने बताउनुभएको छ । बिहीबार सदरमुकाम मन्थलीमा आयोजित नेपाल पत्रकार महासङ्घ रामेछापको १९ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।निर्वाचनमा आफूले भोट हालेका हरेक मतदाताको निर्वाचित जनप्रतिनिधि आफ्नो आकृति देख्ने चाहाना रहेकाले जनताको यो चाहाना पूरा हुने गरी काम गर्ने उहाँको भनाइ छ । जनताको चाहना अनुसार रामेछापको विकासका लागि सबै मिलेर काम गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।