रामेछाप प्रतिनिधिसभा सदस्यमा काँग्रेस र दुई प्रदेशसभा सदस्यमा माओवादी विजयी

  • प्रकाशित मिति: आइतबार, मंसिर ११ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्य र दुवै प्रदेशसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको । मङ्सिर ४ गते आइतबार भएको निर्वाचनको मतगणना सकिँदा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ(कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभएको हो । ८८ हजार ६८० मतमा तामाङले ४७ हजार ९८ मत पाउनुभएको छ भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको छ । यसै गरी प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका युवराज चौलागाईँ विजयी हुनुभएको छ । चैलागाईले नेकपा एमालेका मिलनकुमार घिसिङलाई ४ हजार ७७३ मतले हराउनुभएको छ । चौलागाईँले २२ हजार ९७९ मत पाउनुभएको छ भने घिसिङले १८ हजार २०६ मत मात्रै पाउनुभएको छ । प्रदेश क मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले नेकपा एमालेका शान्ति प्रसाद पौडेललाई एक हजार ९९१ मतले पराजित गर्नै विजयी भइसक्नुभएको छ । श्रेष्ठ १७ हजार १४८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी पौडेलले १५ हजार १५७ मत मात्रै प्राप्त गर्नुभएको छ ।