रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ(कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभएको हो । ८८ हजार ६८० मतमा तामाङले ४७ हजार ९८ मत पाउनुभएको छ भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।
रामेछाप प्रतिनिधिसभा सदस्यमा काँग्रेसका पूर्णबहादुर तामाङ विजयी
- प्रकाशित मिति: आइतबार, मंसिर ११ २०७९
- तामाकोशी