रामेछाप । रामेछापमा मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज सोमबार राति ९ः३० बजेबाट सुरु हुने भएको छ । सोमबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले आज राति ९ः३० बजेबाट प्रदेश क को मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि तार जाली सहितको छुट्टा छुट्टै स्थानमा मतगणना गर्ने र आवश्यकताका आधारमा मत गन्ने स्थल थप गर्ने निर्णय पनि गरेको छ । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा रामेछापमा ८८ हजार ७५७ मत खसेको छ । जिल्लामा यो निर्वाचनमा एक लाख ८० हजार १०६ जना मतदाता रहेका थिए । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ५ जना स्वतन्त्र सहित २२ जना उम्मेदवार रहेका छन् । प्रदेश १ मा ११ जना र ख मा १२ जना उम्मेदवार रहेका छन् ।
रामेछापमा आज राति साढे ९ बजेबाट मतगणना सुरु हुने
- प्रकाशित मिति: सोमबार, मंसिर ५ २०७९
- तामाकोशी