वडाध्यक्षले च्यातिदिए सेवाग्राही एकल महिलाको सिफारिसपत्र

  • प्रकाशित मिति: बिहिबार, मंसिर १ २०७९
  • तामाकोशी

महोत्तरी । गौशाला नगरपालिका वडा नं. १२ अध्यक्ष कुशेश्वर सिंहले एकल महिलाले वडाबाट लिएको सिफारिस पत्र च्यातिदिएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड बनाउन गएकी एकल महिलाको सिफारिस पत्र अध्यक्षले च्यातिदिएका पीडित महिलाले आरोप लगाएकी छिन् ।

एकल महिला भत्ताको कार्ड बनाउन सिफारिस गरिदिनु भन्दा वडाध्यक्षले श्रीमान्‌को मृ’त्यु भएको सिफारिस नै च्यातिदिएका पडरिया निवासी पीडित बिन्दा देवी राउतले बताइन् । राउतका श्रीमान् कैलाशको दुई वर्ष पहिले जंगली हात्तीको आक्रम’णबाट मृ’त्यु भएको थियो ।



श्रीमान्‌को मृ’त्युपश्चात् एकल महिला (विधुवा)को सामाजिक सुरक्षा भत्ता राज्यबाट पाउने व्यवस्था भएअनुसार बिन्दाले पनि बुझ्दै आएकी थिइन् । वडाबाट सुरक्षा भत्ताको कार्ड नबनेका कारण चालु आर्थिक वर्षमा उनले भत्ता पाउन सकेकी छैनन् । पटक/पटक भत्ता लिन जाँदा बैंकले नदिए पछि किन रोकिएको भनेर सोध्न जाँदा अध्यक्ष सिंहले(तिमी मेरो पार्टीको भोटर हैन) भन्दै सिफारिस पत्र च्यात्तिदिएको राउतले बताइन् ।