देश विकासका लागि प्रदेश र संघमा एमाले सरकार जरुरी छ : मिलनकुमार घिसिङ

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले देशले देखेको सपना पूरा गर्न केपी ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने बताउनुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले मंगलबार रामेछापको खाँडादेवी गाउँपालिकाको गोगनपानीमा आयोजना गरेको चुनावी सभामा बोल्दै घिसिङले नेकपा एमालेले विकासको लागि गरेको संकल्प पूरा गर्न प्रदेश र संघमा एमाले सरकार जरुरी रहेको बताउनुभयो । एमाले विजय उन्मुख भएको घिसिङले बताउनुभयो । एमालेको जनतासँग मन मिलेको कारण विजय प्राप्त गर्ने उहाँले दाबी गर्नुभयो । चुनावको बेलामा मात्र झुल्किने नेतालाई भोट दिने बेलामा सोच्न उहाँले मतदातालाई अनुरोध गर्नुभयो । गठबन्धनका उम्मेदवारलाई जिल्लाका पाँच वटा गाउँको नाम भन्न उहाँले चुनौती दिनुभयो । एमाले प्रतिको जनलहर र उपस्थितिले गठबन्धन दलका मानिसहरूको मनमा ढ्याङ्ग्रो ठोकिसकेको उहाँले बताउनुभयो । त्यसैले अब एमालेले उहाँहरूको घाउमा नुनचुक छरिनरहने घिसिङले बताउनुभयो ।