रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब ६ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । नेकपा एमालेबाट रामेछाप प्रदेशसभा सदस्य क का उम्मेदवार शान्ति प्रसाद पौडेल सोमबार रामेछापको लिखुतामाकोसी गाउँपालिका–५ नागदहमा कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी बन्नुभएको छ । उम्मेदवार पौडेलले रामेछापको विकास गर्न जनतासँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुखी नेपाली र समृद्ध नेपाल बनाउन सक्ने एक मात्रै पार्टी नेकपा एमाले रहेकाले जनताले एमालेका उम्मेदवारलाई भोट दिएर विजयी गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमाले निस्वार्थ भावनाका साथ देश विकासको काममा लागिरहेको पनि उहाँले बताउनुभयो । उम्मेदवार पौडेलले हिजो रामेछाप विकासका लागि सुरु एमालेले सुरु गरेको काम पूरा गर्नका लागि एमालेका उम्मेदवार विजयी हुन अत्यावश्यक रहेको समेत बताउनुभयो ।
नागदहमा एमालेको कोणसभा र मतदाता भेटघाट : जनताले एमालेलाई विजयी गराउने शान्ति पौडेलको विश्वास
- प्रकाशित मिति: सोमबार, कार्तिक २८ २०७९
- तामाकोशी