निर्वाचनमा कर्मचारी खटनपटनबारे शिक्षकको असन्तुष्टिः माग सुनुवाई नभए काममा नजाने (भिडियोसहित)

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २५ २०७९
  • तामाकोशी

रामेछाप । प्रतिनिधि सभा र प्रदेश सभाका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा खटिएका शिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।
उनीहरुले मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

नेपाल शिक्षक महासंघ रामेछापले जारी गरेको ध्यानाकर्षण पत्रमा निर्वाचनमा खटाइएका शिक्षकहरुको मान मर्यादा क्रमलाई बेवास्ता गरी मान मर्दन तथा अपमान समेत गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुको गुनासो रहेका छन् ।



महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा शिक्षकको मर्यादा क्रमको बिषयमा पटक –पटक निर्वाचन आयोगलाई ध्यानाकर्षण तथा ज्ञापणपत्र मार्फत जानकारी गराइसकिएको भएपनि सो को वेवास्था गरी गरिएको खटन पटन प्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।