रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले नेपाली कांग्रेस माओवादीको खुट्टा टेकेर हिँडेको बताउनुभएको छ । नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले बुधबार गोकुलगंगा गाउँपालिका–१ चुचुरे शिवालयमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै ढुङ्गेलले कांग्रेस एक्लै हिँड्नै नसक्ने भएको बताउनुभयो । एमाले सरकारबाट बाहिरिएपछि गठबन्धन सरकारले देश र जनताको लागि केही दिन नसकेको उहाँले बताउनुभयो । गठबन्धन सरकार बनेपछि नेपाली जनताले महँगी बाहेक केही उपहार पाउन नसकेको उहाँले प्रष्ट पार्नुभयो । अहिले निर्वाचनमा गठबन्धन एमाले हराउने मुद्दा लिएर आएको तर एमाले विकासको मुद्दा लिएर आएको उहाँले प्रष्ट पार्नुभयो । एमाले माओवादी, कांग्रेस र राप्रपाका मतदाताको पनि साझा पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । अहिले गठबन्धनका उम्मेदवार जनताको भोट किन्न सकिन्छ कि भनेर पैसा बोकेर हिँडेका ढुङ्गेलले बताउनुभयो । गठबन्धनले नेपालको राष्ट्रियतालाई नै धराशायी बनाउने प्रयत्न गरेको उहाँले बताउनुभयो । यही गठबन्धनले जित्यो भने भारतीयलाई नागरिकता दिएर नेपालको अस्मिता नै समाप्त पारिने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले नागरिकलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो । एमालेसँग धेरै कुरा नभएको उहाँले बताउनुभयो । एमालेसँग केवल विकास र समृद्धिको कुरा मात्र रहेको उहाँले प्रष्ट पार्नुभयो । नेपालको विकास, समृद्धि र रूपान्तरणमा एमालेको अनुहार देखिने उहाँले बताउनुभयो ।
कांग्रेस एक्लै हिँड्नै नसक्ने अवस्थामा पुगिसक्यो : कैलाश ढुङ्गेल
- प्रकाशित मिति: बुधबार, कार्तिक २३ २०७९
- तामाकोशी