रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले एमालेका उम्मेदवार नेपाली कांग्रेस र माओवादीका पनि साझा उम्मेदवार भएको बताउनुभएको छ । नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले सोमबार उमाकुण्ड गाउँपालिकाको बाम्ती भण्डारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका ढुङ्गेलले माओवादी र कांग्रेसका नेताले बाटो बिराएकाले अब कार्यकर्ता र मतदाताले मत हाल्ने ठाउँ सूर्य चिन्ह भएको प्रष्ट पार्नुभयो ।
आफूले कांग्रेस र माओवादीका पुराना नेताहरूलाई भेटेको बताउँदै ढुङ्गेलले ती पार्टीका त्यागी नेता कार्यकर्ता मन कुँडिएको बताउनुभयो । उहाँहरूको कुँडिएको र चिढिएको मनामा मलम लगाउने काम एमालेले गर्ने उहाँले प्रष्ट पार्नुभयो । कांग्रेस, माओवादी वा अन्य कुनै पनि दलले नेपालमा बहुमतको सरकार बनाउन नसक्ने उहाँले बताउनुभयो । बहुमतको सरकार बनाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । गठबन्धनका उम्मेदवारहरू मतदातालाई भुल्याउन र छलछाम गर्न आउने भएकाले त्यस प्रति सचेत रहने ढुङ्गेलले आग्रह गर्नुभयो । आफ्नो भोटलाई सुरक्षित गर्न उहाँले मतदातालाई आह्वान गर्नुभयो ।
बहुमतको सरकार बनाउन सक्ने एक मात्र पार्टी एमाले भएको कैलाश ढुङ्गेलको दाबी
- प्रकाशित मिति: सोमबार, कार्तिक २१ २०७९
- तामाकोशी