हरेक नेपालीको साइनो एमालेसँग गाँसिएको छ : कैलाश ढुङ्गेल

  • प्रकाशित मिति: आइतबार, कार्तिक २० २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले हरेक नेपालीको साइनो एमालेसँग गाँसिएको बताउनुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आइतबार उमाकुण्डको च्यादलुमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै ढुङ्गेलले ज्येष्ठ नागरिकको सम्बन्धन सामाजिक सुरक्षा भत्तासँग, युवाको सम्बन्ध खेलकुदसँग, बालबालिकाको सम्बन्ध शिक्षा र पोषणसँग जोडिएको बताउनुभयो । एमालेलाई कसैलाई हराउनको लागि होइन देशको विकास गर्न मत चाहिएको ढुङ्गेलले बताउनुभयो । गठबन्धन दल भने एमालेलाई हराउनको लागि चुनावमा आएका उहाँले प्रष्ट पार्नुभयो । एमालेका उम्मेदवार देशका सबै शक्तिका साझा उम्मेदवार भएको उहाँले बताउनुभयो । लोकतन्त्रको रक्षा, समृद्ध नेपाल सुखी नेपालीको बाटोमा देशलाई हिँडाउन एमालेमा मतदान आवश्यक रहेको उहाँले बताउनुभयो । ढुङ्गेलले एमालेले आफ्नो शासन कालमा धेरै विकासका काम सुरु गरेको बताउँदै त्यसलाई पूरा गर्न पुनः सरकारमा जान जरुरी रहेको बताउनुभयो । गठबन्धनले विकासका सबै काम रोकेकाले एमाले सरकारमा गएपछि विकासको ढोका खोल्ने उहाँले प्रष्ट पार्नुभयो ।