रामेछाप । नेकपा एमाले रामेछाप प्रदेश सभा क निर्वाचन परिचालन कमिटीको आयोजनामा बिहीबार लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा घरदैलो, भेटघाट तथा चुनावी कोण सभा सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको नेतृत्वमा रहेको प्रचार टोलीमा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य कमलप्रकाश सुनुवार, वाग्मती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा क का उम्मेदवार शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश कमिटी सदस्य पुष्पराज पौडेल, कमल कंडरिया, गंगा कार्की, पार्टीको जिल्ला कमिटीका नेताहरू, गाउँपालिका कमिटी तथा वडा कमिटी नेता, जन वर्गीय संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ । टोलीले स्थानीयको घर घरमा पुगेर मत माग्नुको साथै मतदाताको आसिरवाद थापेको प्रचार अभियानमा संलग्न अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिनुभयो । निर्वाचन प्रचार टोलीले बिहीबार नै दुरागाउँमा कोण सभा समेत आयोजना गरेको छ । सभामा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, केन्द्रीय सल्लाहकार सदस्य कमलप्रकाश सुनुवार, प्रदेश क का उम्मेदवार शान्तिप्रसाद पौडेल र प्रदेश कमिटी सदस्य पुष्पराज पौडेलले बोल्नुभएको थियो । उहाँहरूले देशमा स्थिरता र समृद्धिको लागि एमालेलाई मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सूर्यमा मतदान गर्न उहाँहरूले अनुरोध गर्नुभयो ।
