धोबीमा एमालेको चुनावी सभा: झोला र बोरामा पैसा लिएर आउने प्रति सचेत हुनु

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १५ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले मंगलबार जिल्लाका धोबी बजारमा चुनावी सभा आयोजना गरेको छ ।
नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीको आयोजनामा लिखु तामाकोसी गाउँपालिकाको धोबी बजारमा चुनावी सभा भएको हो । एमाले गाउँ पार्टी अध्यक्ष भीम तामाङको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईंको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा रामेछापबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल पार्टी प्रदेश कमिटी सदस्यहरू तथा प्रदेश सभा क का उम्मेदवार शान्तिप्रसाद पौडेल लगायत वाग्मती प्रदेश कमिटी सदस्यहरू तथा समानुपातिक तर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ ।
यसै गरी एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की तथा होतराज ढकाल, जिल्ला कमिटीका सदस्यहरू, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष गणेश बज्र लामा, अनेरास्ववियुका जिल्ला सचिव पुष्कर भट्टराई लगायत जन वर्गीय संगठनका नेताहरू, पार्टीको पालिका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यका साथै स्थानीय मतदाताको सहभागिता रहेको पार्टीको गाउँपालिका सचिव सुवास बोहराले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीलाई गाउँ पार्टी उपाध्यक्ष केशरबहादुर पौडेलले स्वागत गर्नुभएको थियो । उहाँले झोला र बोरामा पैसा लिएर आउने प्रति सचेत हुन आग्रह गर्नुभयो ।