रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य लब श्रेष्ठले देश विकासको लागि तलदेखि माथिसम्म एउटै पार्टीको सरका आवश्यक हुने बताउनुभएको छ । नेकपा एमाले रामेछापको प्रदेश सभा क निर्वाचन परिचालन कमिटीले सोमबार मन्थली नगरपालिकाको कठजोरमा आयोजना गरेको चुनावी कोण सभामा बोल्दै मन्थली नगरपालिका प्रमुख समेत रहनुभएका श्रेष्ठले विकासको परिकल्पना पूरा गर्न तलदेखि माथिसम्म एमाले सरकार आवश्यक रहेको बताउनुभयो । विकास र राष्ट्रियता प्रति एमालेको प्रष्ट अडान भएको श्रेष्ठले बताउनुभयो । एमालेले लिएको विकास र राष्ट्रियताको अडानलाई सफल बनाउन मङ्सिर ४ मा हुने निर्वाचनमा एमालेलाई सहयोग गर्न उहाँले आह्वान गर्नुभयो । एमालेले समृद्ध नेपाल, सुखी नेपालको परिकल्पना गरेको बताउँदै त्यसलाई पूरा गर्न तलदेखि माथिसम्म एमाले सरकार आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । गठबन्धनले देशमा विकास र समृद्धि कायम गर्न नसक्ने बताउँदै उहाँले देश विकास गर्ने पार्टी एमाले मात्र भएको उहाँले बताउनुभयो ।
विकास र राष्ट्रियता प्रति एमालेको प्रष्ट अडान छ : लव श्रेष्ठ
- प्रकाशित मिति: सोमबार, कार्तिक १४ २०७९
- तामाकोशी