रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई किन भोट हाल्नुपर्छ भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताउनुभएको छ । नेकपा एमालेले शनिवार दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभा कार्यक्रममा बोल्दै ढुङ्गेलले देश, लोकतन्त्र, विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आवश्यक रहेको बताउनुभयो । ‘देशको विकास, व्यवस्थाको रक्षा, समृद्धि र सामाजिक सुरक्षाको लागि सूर्य चिन्हमा भोट हाल्नु पर्ने ढुङ्गेलको भनाइ छ ।
मुलुकलाई नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालकै माटोमा सुख, शान्ति र समृद्धि खोज्नु पर्ने बताउँदै ढुङ्गेलले त्यो दिन काम एमालेले मात्र गर्न सक्ने बताउनुभयो । त्यसको सुरुवात एमालेले गरेको उहाँले प्रष्ट पार्नुभयो । एमालेका उम्मेदवारलाई धेरै ज्येष्ठ नागरिकले आसिरवाद दिएको बताउँदै उहाँहरूको ५ हजार रुपैँया सामाजिक सुरक्षा भत्ता बुझ्ने इच्छा नेकपा एमालेले पूरा गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एमालेका उम्मेदवार एमालेका मात्र होइन लोकतन्त्र, शान्ति र समृद्धि चाहने सबै पार्टीका मतदाताका उम्मेदवार भएको प्रष्ट पार्नुभयो । सूर्य चिन्ह सबै नेपालीको साझा चिन्ह भएको ढुङ्गेलले बताउनुभयो । हिजो के भयो कसो भयो भन्ने कुरा छाडेर देश बनाउने अभियानको लागि एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । उम्मेदवार प्रतिनिधि पात्र मात्र भएको बताउँदै सबै नेपाली जनता एमालेका उम्मेदवार र नेता भएका उहाँले प्रष्ट पार्नुभयो ।
मुलुकको विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक छ : कैलाश ढुङ्गेल
- प्रकाशित मिति: शनिबार, कार्तिक १२ २०७९
- तामाकोशी