रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब २२ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । रामेछापमा सत्ता गठबन्धनका विरुद्ध उम्मेदवार उठाएको नेकपा एकीकृत समाजवादीले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । अहिले एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देबशङ्कर पौडेल र प्रदेशसभा सदस्य क का उम्मेदवार रमेशकुमार बस्ने कलम चिन्हमा भोट माग्न मतदातासँग भेटघाटका लागि घर दैलो अभियानमा हुनुहुन्छ । तिहार अघि केही दिन मात्रै सञ्चालन गरेको घर दैलो अभियानलाई तिहार पछि एकीकृत समाजवादीले तीव्रता दिएको छ । अहिले रामेछापमा एकीकृत समाजवादीका उम्मेदवारहरू मतदातालाई भेट्न घर÷घर र काम गरिरहेको खेत बारीमा समेत पुगिरहेका छन् । नेकपा माओवादी केन्द्रले रामेछापको दुवै प्रदेश निर्वाचन क्षेत्र नछाडेपछि रामेछाप प्रदेश क मा दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका विरुद्ध प्रतिनिधिसभा सदस्य तर्फ पार्टी पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज देवशङ्कर पौडेल, प्रदेशसभा सदस्य क मा जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश ख मा पार्टी केन्द्रीय सदस्य झम्क कँडेललाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको छ ।
रामेछापमा एकीकृत समाजवादीको जनजनमा, घरघरमा ! चुनावी अभियान
- प्रकाशित मिति: शनिबार, कार्तिक १२ २०७९
- तामाकोशी