रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब २२ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । सबै राजनीतिक दलका उम्मेदवार पार्टीका नेताहरूलाई साथमा लिएर घर दैलो कार्यक्रममा व्यस्त छन् । नेकपा एमाले रामेछाप प्रदेशसभा क का उम्मेदवार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा रामेछाप नगरपालिकाको विभिन्न वडाका मतदाताहरूसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । शनिवार पौडेलले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका मतदाताहरूसँग भेटघाट गर्नुभएको छ । उम्मेदवार पौडेलसँगै मतदाता भेटघाट अभियानमा बागमती प्रदेश कमिटीकी सदस्य एवं समानुपातिक तर्फ प्रदेशसभा सदस्यकी उम्मेदवार माया कार्की, एमाले रामेछापका अध्यक्ष एवं समानुपातिक तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार आनन्द श्रेष्ठ, प्रदेशसभा सदस्यकी समानुपातिक उम्मेदवार हर्क माया माझी, जिल्ल कमिटी उपसचिव होतराज ढकाल लगायतका नेताहरू हुनुहुन्छ ।
रामेछाप नगरपालिकाको विभिन्न वडामा एमालेको वृहत् भेटघाट र घरदैलो अभियान
- प्रकाशित मिति: शनिबार, कार्तिक १२ २०७९
- तामाकोशी