राजनीतिक र आर्थिक सङ्कट हटाउन एमालेले जित्नुपर्छ : मिलन घिसिङ

  • प्रकाशित मिति: सोमबार, कार्तिक ७ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेबाट रामेछाप प्रदेशसभा ख का उम्मेदवार मिलनकुमार घिसिङले देशमा देखिएको राजनीतिक तथा आर्थिक सङ्कट हटाउनका लागि नेकपा एमालेले जित्नै पर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उम्मेदवार घिसिङले एमालेका एजेन्डालाई स्थापित गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुनु आवश्यक रहेको बताउनुभयो । देश बनाउने प्रस्ट खाका भएको, सही विचार बोकेको पार्टी छान्न सकिएन भने नेपालको भविष्य अन्धकार हुने दाबी पनि गर्नुभएको छ । जनताको चाहाना अनुसार देशको विकास र समृद्धिमा काम गर्न सक्ने दक्षता नेकपा एमालेसँग मात्रै भएको बताउनुभयो ।