रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब २९ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । सबै राजनीतिक दलका उम्मेदवार पार्टीका नेताहरूलाई साथमा लिएर घर दैलो कार्यक्रममा व्यस्त छन् । नेकपा एमाले रामेछाप प्रदेशसभा क का उम्मेदवार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा शनिवार रामेछाप नगरपालिकाको विभिन्न वडाका कार्यकर्ता तथा मतदाता भेटघाट र कोणसभा कार्यक्रममा व्यस्त हुनुभएको छ । शनिवार उम्मेदवार पौडेलले रामेछाप नगरपालिका वडा नं ५ रामपुरको चारघरे र वडा नं ६ ओख्रेनीको च्यास्कुका मतदाताहरूसँग भेटघाट गर्नुभएको छ । उम्मेदवारहरू पौडेलले मतदातालाई आफ्नो एजेन्डा र प्रतिबद्धता सम्झाउँदै मतदातहरुको सुझाव लिनुभएको छ । दुवै उम्मेदवारहरूले जनताले चाहेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रस्ट मिसन र भिजन एमालेसँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई जिताउन मतदान गर्न आग्रह गर्नुभएको छ ।
रामेछाप नगरपालिकाको रामपुर र ओख्रेनीका मतदाताहरूसँग शान्ति प्रसाद पौडेल
- प्रकाशित मिति: शनिबार, कार्तिक ५ २०७९
- तामाकोशी