मन्थली नगरपालिका–६ भलुवाजोरका मतदातासँग मिलन घिसिङ

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप प्रदेश सभा ख का उम्मदवार मिलन कुमार घिसिङले मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ । पार्टीले बनाएको कार्यतालिका अनुसार उम्मेदवार घिसिङले कार्तिक १ गतेबाट मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ । एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल सहितका नेताहरुको साथ लिएर विहीबार उम्मेदवार घिसिङले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा भलुवाजोरका जनताले उम्मेदवार घिसिङले समाजमा पछाडी परेका वा पारिएका नागरिकको जीवन स्तर उकास्ने गरी काम गर्न सुझाव दिएका छन् । उम्मेदवार घिसिङले जनताले सोचे अनुसार देश बनाउने स्वः स्पष्ट सोच, बिचार, नीति एमालेसँग मात्रै रहेकाले एमालेका उम्मेदवारलाई मतदान गरेर निर्वाचित गराउन आग्रह गर्नुभयो । उम्मेदवार घिसिङले आफ्ना प्रतिबद्धताहरु सुनाउदै भलुवाजोरका मतदाताको सुझाव लिनुभएको छ । उम्मेदवार घिसिङले रामेछाप प्रदेशसभा ख अन्र्तगत रहेका ३२ वटै वडामा पुग्ने र जनताको कुरा सुन्ने योजना अनुसार मतदाता भेटघाट अभियानलाई तिब्रता दिनुभएको छ ।