महानिर्वाचनको महासङ्ग्राममा स्वचालित घडी जस्तै भएर लाग्नु पर्छ : मिलन घिसिङ

  • प्रकाशित मिति: बुधबार, कार्तिक २ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेबाट रामेछाप प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङले बिचार, नीति र देश बनाउने स्वः स्पष्ट सोच बोकेको एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै दुबिधा नहुने बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रचार एवं जनसङ्गठनहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उम्मेदवार घिसिङले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र समृद्धि चाहने जनताको चाहाना अनुसार काम गर्न सक्ने दक्षता नेकपा एमालेसँग मात्रै भएको बताउनुभयो । नेपाली काँग्रेस, माओवादी केन्द्र लागय दलको गठबन्धन आफ्नो उम्मेदवारहरूको हार स्वीकार गरेर निर्वाचनमा होमिएकाले एमालेका उम्मेदवारको जित सुनिश्चित रहेको उहाँको भनाइ छ । महानिर्वाचनको महासङ्ग्राममा स्वचालित घडी जस्तै भएर लाग्न नेता तथा कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो । उहाँले रामेछाप प्रदेश सभा ख का ३२ वटै वडामा पुग्ने र जनताको कुरा सुन्ने अनि सुझाव लिने समेत बताउनुभयो ।