नेविसंघ रामेछापले आसन्न निर्वाचन केन्द्रित युवा विद्यार्थी परिचालन गर्ने

  • प्रकाशित मिति: शनिबार, असोज २९ २०७९
  • तामाकोशी

मन्थली । नेविसंघ रामेछापले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केन्द्रित युवा बिद्यार्थीलाई परिचालन गर्ने निर्णय गरेको छ । नेविसंघ रामेछापका उपसभापति विमल पौडेलको अध्यक्षतामा शनिवार मन्थलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधी सभाको सदस्यका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम), प्रदेशसभा (क) का उम्मेदवार तारानारायण श्रेष्ठ, प्रदेशसभा (ख) का उम्मेदवार युवराज चौलागाई लाई विजयी गराउन नेविसंघले चुनाव केन्द्रित युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको जनाएको छ । बैठकले मंसिर ४ को निर्वाचन पश्चात नेविसंघ रामेछापको संगठन विस्तार गरेर पालिका, क्षेत्र, जिल्लाको अधिबेशन थालनी गरी १ महिना भित्रमा अधिबेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको नेविसंघ रामेछापले जनाएको छ ।



नेविसंघले आफ्नो-आफ्नो पालिकाका बिद्यार्थीलाई गाउँ-गाउमा गएर मतदाता शिक्षा दिन, चुनाब प्रचारप्रसार गर्न र बुथ सुरक्षा गर्न युवा विद्यार्थी परिचालन गरिएको विद्यार्थी नेता उत्तम कुमार कार्कीले तामाकोसी अनलाइनलाई जानकारी दिनुभयो ।