सन्दीप लामिछानेलाई हिरासतमा राख्न पाँच दिनको म्याद थप

  • प्रकाशित मिति: बिहिबार, असोज २७ २०७९
  • तामाकोशी

काठमान्डौं । बला’त्कारको अभियोगमा प्रह’री हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

यसअघि ७ दिनको अनुमति दिएको थियो । आज त्यो म्याद सकिएपछि सन्दीप लामिछानेलाई म्याद थपका लागि ७ दिनको माग गर्दै प्रहरीले अदालतमा पेश गरेको थियो ।



अदालतमा सूर्यबहादुर थापाको बेन्चले पाँच दिनको म्याद थप गरेको हो । सन्दीप लामिछाने २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्रा’उ परेका थिए । उनीमाथि एक नाबा’लिग किशो’रीले बला’त्कारको आ’रोप लगाउँदै प्रह’रीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस विषयमा अनुसन्धा’न गरिरहेको छ ।