काठमान्डौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरूले पाउने मतबारे सर्वेक्षण नगर्न आयोगले निर्देशन दिएको हो ।
मतबारे सर्वेक्षण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले प्रस्ट पारेको छ । निर्वाचन आचारसंहिताले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।
मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले चेतावनी दिएको छ ।