मन्थली, असोज ९ गते । रामेछापको लिखुतामाकोशी गाउपालिका धोवी स्थित डिभाइन मेडिकल एण्ड हेल्थ क्लिनिकका डाक्टरले बिरामी एक नाबालिकालाइ यौनदुर्ब्यवहार गरेको आरोप लागेको छ । स्थानीय झट्टेश्वर उमाबिमा कक्षा 10 मा अध्ययनरत एक बालिकालाइ शुक्रबार राती यौनदुर्ब्यवहार गरेको आरोप लागेको हो । शुक्रबार बिधालयमा साथी-साथी बिच सामान्य झगडा भएर उपचारको लागि डिभाइन मेडिकलमा भर्ना भएका बिरामीलाई रातीको समयमा त्यहा कार्यरत डाक्टरले उपचारकक्षमा पटक-पटक प्राइभेट पार्टमा छुदै यौनदुर्ब्यवहार गरेपछी बालिका चिच्याउदा बाहिर रहेका बिरामीका बुबाले थाहा पाएपछी घटना सार्बजनिक भएको हो । बिरामीका बुबाले एक्लैले केही गर्न नसके पछि स्थानीय आफन्तको घरमा राती ९ बजे हारगुहार गर्न पुगेको बताइन्छ । सनिवार बिहान स्थानीय र डाक्टरबिच छलफलमा डाक्टरले आफ्नो गल्ती भएको स्विकारेका थिए । पावर र पैसामा पहुँच रहेको डाक्टरले मुद्दालाई त्यही छिनोफानो गरौं बाहिर नलैजाउ भनेपछी स्थानीय राजनीति दलका नेताहरुको मिलेमतोमा घटनालाई छोपछाप गर्न सुझाए पछि एकथरीका स्थानीयले बिरोध गरेका थिए । बाकी भिडियोबाट …..
धोवीमा परिन् बालिका यौन दुर्ब्यवहार: मिलेमतोमा घटनाको ढाकछोप (भिडियो सहित)
- प्रकाशित मिति: आइतबार, असोज ९ २०७९
- तामाकोशी