रामेछाप-काठमान्डौं सृजनशिल समाजद्धारा बाढि पहिरो पिडितलाई त्रिपाल वितरण

  • प्रकाशित मिति: शनिबार, साउन २८ २०७९
  • तामाकोशी

मन्थली, साउन २८ गते । रामेछाप-काठमान्डौं सृजनशिल समाजद्धारा रामेछापका बाढि पहिरो पिडितलाई त्रिपाल वितरण गरेको छ । समाजका आजिवन सदस्य परुषोत्तम बुढाथोकीको संयोजकत्वमा शनिबार मन्थली नगरपालिका वडा नं. १२ गेलुमा बर्षातका कारण बाढिपहिरो गई समस्यामा रहेका पिडितहरुलाई त्रिपाल वितरण गरिएको हो ।

सामाजिक सद्भाव र सहयोगको भावनालाई निरन्तरता दिदै आफ्नो गाउँ ठाउँको संरक्षण र विकास हामी आफै मिलेर गर्नुपर्छ भन्ने उदेश्यले समस्यामा रहेकाहरुलाई सहयोग गरेको संयोजक बुढाथोकीको भनाई रहेको छ । बाढीपहिरोबाट पिडित करिव दुई दर्जन भन्दा बढी घरपरिवारका लागि त्रिपाल वितरण गरिएको बताइएको छ ।