तामाकोसी अनलाइनका कार्यकारी सम्पादक श्रेष्ठ उत्कृष्ट पत्रकारीता पुरस्कारबाट सम्मानित

  • प्रकाशित मिति: शुक्रबार, साउन २७ २०७९
  • तामाकोशी

मन्थली, साउन २७ गते । तामाकोसी अनलाइन डटकमका कार्यकारी सम्पादक नवराज श्रेष्ठ उत्कृष्ट पत्रकारीता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा सम्पादक श्रेष्ठलाई फोनिज रामेछापले नगद रु. १० हजार, दोसल्ला र प्रमाणपत्र सहित उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता पुरस्कार–२०७९ बाट सम्मान गरेको हो । सम्मानित भएका श्रेष्ठ रेडियो इनर्जी १०६.२ मेघाहर्ज मन्थलीका समाचार प्रमुख हुन् भने प्रेस चौतारी नेपाल रामेछापको अध्यक्ष, ग्यालेक्सी फोरके टेलिभिजनका जिल्ला प्रतिनिधी एवं गोरखापत्र दैनिकका जिल्ला रिपोर्टर समेत हुन् ।



यसैगरी खोजपत्रकारीता पुरस्कार २०७९ बाट टिका प्रसाद भट्ट सम्मानित भएका छन् । फोनिज रामेछापले नेपाल आदिवासी जनजाति समुदाय भन्दा बाहिरका उत्कष्ट खोजपत्रकारलाई दिईने पुरस्कार २०७९ बाट भट्ट नगद ५ हजार सहित दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरेको हो ।