मन्थली, साउन २७ गते । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा रामेछापको मन्थलीमा प्रभातफेरी कार्यक्रम भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गतको जिल्ला युवा समिति र बागमती प्रदेश युवा परिषद अन्तर्गतको जिल्ला युवा समिति रामेछापको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा गैसस महांसघ रामेछाप लगाएत विभिन्न संघसंस्थाहरु, मन्थली नगर युवा सञ्जाल, युवा क्लव र युवाहरुको उल्लेखिय सहभागिता रहेको थियो । अन्तरपुस्ताको ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।
युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।