रेडक्रस सोसाइटी रामेछापको बहालवाला मन्त्रीद्धारा सभापतिमा उम्मेद्वारी घोषणा

  • प्रकाशित मिति: बिहिबार, साउन २६ २०७९
  • तामाकोशी

रामेछाप, साउन २६ गते । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको आसन्न अधिबेशनमा बर्तमान बहालवाला मन्त्री जयप्रकाश श्रेष्ठले सभापतिको उम्मेद्वार घोषणा गर्नु भएको छ ।
मन्थलीमा विहिबार पत्रकार सम्मेलन गरेर यहि साउन २८ र २९ गते हुने ११ औ अधिबेशनमा रामेछाप जिल्ला शाखाको सभापतिमा उम्मेद्वार हुने घोषणा गर्नु भएको हो । वि.स. २०६७ सालदेखि निरन्तर नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखामा सक्रिय श्रेष्ठ ११ वर्षदेखि मन्त्री पदमा क्रियाशित हुनुहुन्छ । उहाँले पत्रकार सम्मेलनमा आफुले अहिलेसम्म हासिल गरेका कामको अनुभवले पनि सभापतिको उम्मेद्वारमा योग्य रहेको बताउनु भयो ।

आसन्न जिल्ला अधिबेशनमा कुल १ सय ८ जना सभासदहरुले भोट गर्न पाउने व्यवस्था छ भने कुल २० जनाको जिल्ला कार्यसमिति बन्ने छ । हाल जिल्लामा नेपाल रेडक्रस सोसाइटीको १८ वटा उपशाखाहरु रहेका छन् ।