काठमाडौं । गायिका दिलमाया सुनारको ह’त्या आरोपमा पक्रा’उ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृ’त अवस्थामा भेटिएकी थिइन् । उनको ह’त्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्रा’उ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुनारका बुवाले छोरीको ह’त्या गरेको अभियोगमा श्रेष्ठबिरु’द्ध किटानी जाहेरी दिएका हुन् ।
श्रेष्ठले दिलमायाँ झुण्डिएको देखेर तल झारेको र चिसो भएको थाहा पाएपछि डराएर आफु भागेको प्रहरीसमक्ष बयान दिएका छन् । दिलमायाँको सल झाडीमा फालेको पनि उनले बताउँदै आएका छन् ।