रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो । सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जादै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुदा ९ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी २६ जना घाइते भएका थिए । दुर्घटनमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो ।