रामेछाप । रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ। बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका –१ लुभुघाटमा मंगलबार बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अहिलेसम्म २१ जना घाइतेलाई उद्धार गरी उपचारका लागि धुखिलेल अस्पताल पठाइसकिएको छ । अन्य घाइतेहरुको उद्धार चलिरहेको छ । दुर्घटनमा परी गम्भीर घाइते भएकालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भैरहेको छ । उहाँका अनुसार उद्धार गरिएका धेरै घाइतेहरु बेहोस अवस्थामा छन् । स्थानीयका अनुसार बसमा ४० जना भन्दा बढी यात्रुहरु सवार थिए । घटनाको थप बिवरण आउँन बाँकी छ ।
रामेछापको लुभुघाटमा बस दुर्घटना : २१ जना घाइतेलाई धुलिखेल अस्पताल पठाइयो
- प्रकाशित मिति: मंगलबार, असार २१ २०७९
- तामाकोशी