रामेछापमा सम्पन्न डुङ्गा दौड प्रतियोगिताको उपाधि माझी उत्थान संघ सुनसरीलाई

  • प्रकाशित मिति: आइतबार, असार ५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा शनिबार सम्पन्न खुला डुङ्गा दौड प्रतियोगिताको उपाधी नेपाली माझी उत्थान संघ सुनसरीले जितेको छ । माझी समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको डुङ्गा दौड प्रतियोगिता अन्र्तगत सिङ्गल र डबल दुबै विधामा पहिलो हुदै नेपाली माझी उत्थान संघ सुनसरीले उपाधि जितेको हो । रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटमा स्थित तामाकोसी नदीमा कायम गरिएको ५० मिटर दुरी १ मिनेट ५३ सेकेण्डमा पार गर्दै डबल विधा र १ मिनेट २२ सेकेण्डमा पार गर्दै सिङ्गल विधामा माझी उत्थान संघ पहिलो भएको नेपाल माझी उत्थान संघ रामेछापका सचिव हरि माझीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको डबल विधा अन्र्तगत १ मिनेट ५९ सेकेण्डमा पार गर्दै नेपाली माझी उत्थान संघ रामेछाप दोस्रो, २ मिनेट १२ सेकेण्डमा पार गर्दै नेपाल माझी उत्थान संघ सेलेघाट रामेछाप तेस्रो भएका छन् । यस्तै सिङ्गल तर्फ १ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै नेपाल माझी उत्थान संघ कोथपे रामेछाप दोस्रो, १ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै नेपाल माझी उत्थान संघ सिन्धुली तेस्रो भएका छन् । प्रतियोगिताको सिङ्गल विधातर्फ प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपियाँ सहित मेडल र प्रमाण–पत्र पाएका छन् । त्यस्तै डबल विधातर्फ पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तस्रो हुनेले १० हजार रुपियाँ सहित मेडल र प्रमाण–पत्र पाएका छन् । प्रतियोगिताको डवल तर्फ २३ टिम र सिङ्गल तर्फ २२ टोलीको सहभागिता रहेको थियो । माझी उत्थान संघ रामेछापको समन्वय, मन्थली नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको ब्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगितामा तीन जिल्लाको सहभागिता थियो । प्रतियोगिताको सिङ्गल तर्फ दुई जना र डबलमा चार जनाले डुङ्गा दौडाएका थिए । पानीमा डुङ्गा दौडाउने प्रतियोगिता भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखि ¥याफ्टिङ्ग सहितको गोताखोरको पनि व्यवस्था गरिएको थियो । प्रतियोगितमा सहभागि खेलाडीहरु दुर्घटना भएमा प्रतिब्यक्ति २ लाख रपैयाँ बीमाको पनि आयोजकले ब्यवस्था गरेको थियो ।