तिल्पुङ कटहरे । नेकपा एमालेबाट लिखुतामाकोशी गाउँपालिका अध्यक्षका उम्मेद्धार कमलप्रसाद कडरियाले आफु समृद्ध लिखुतामाकोशी गाउँपालिका निर्माण गर्न आतुर रहेको बताउनु भएको छ । वडा नं. ७ तिल्पुङमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
जनताले विश्वास गरेर आफ्नो टीमलाई विजयी गरेको खण्डमा गाउँपालिकाको प्रशासनिक भवन र अस्पताल गाउँपालिकाको केन्द्र धोवीबजार आसपासमा सिलन्यास भएकै ठाउमा निर्माणगरी जनताले अनुभुति गर्न सक्ने गरी काम गरेर देखाउने कडरियाले बताउनु भयो । तिल्पुङ हलदे–धोवी सडक पक्की (पिच) गर्ने कार्य तत्काल गर्ने र जनताको शासक नभई सेवकको रुपमा काम गर्ने आफ्नो लक्ष्य रहेको समेत बताउनुभयो । आफु धेरै नबोल्ने, काम गरेर देखाउने बताउदै आफुसंग समृद्ध लिखुतामाकोशी सुखि लिखुतामाकोशीबासीको भिजन भएको दावी गर्नुभयो । गलत ब्यक्तिको कव्जामा परेकाले लिखुतामाकोशी गाउँपालिकामा विकासको वातावरण बन्न नसकेको बताउदै आफु निर्वाचित भएको भोलीपल्ट देखिनै विकासको लहर ल्याउने उहाँले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्षका उम्मेद्धार दिपा पाख्रिनले लिखुतामाकोशीबासी जनताले आफ्नो टीमलाई विजयी गरेको खण्डमा पाँच बर्ष जिल्ला समन्वय समितिमा काम गरेको अनुभवलाई समृद्ध गाउँपालिका निर्माणमा सदुपयोग गर्ने बताउनु भयो । उहाँले आफु जिल्ला समन्वय समितिको उपप्रमुख भई विभिन्न अन्य पालिकाहरुमा भएका उदाहरणिय कामहरुको बारेमा अनुभव हासिल गरेकाले सो अनुभवलाई लिखुतामाकोशी गाउँपालिकामा उपयोग गरी पालिकाबासीको विश्वासलाई जितेर काम गर्ने बताउनु भयो ।
आसन्न निर्वाचनलाई लक्षित गरी नेकपा एमाले लिखुतामाकोशी गाउँपालिका कमिटीले पार्टीको सिद्धान्त र उम्मेद्धारको भिजनलाई जनतासामु पुर्याई जनताका आवश्यकता र जनताको गुनासोको सम्बोधन गर्ने कार्यलाई (घरदैलो अभियान)को रुपमा तिव्रता दिईरहेका छन् ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट केशव महत साथै नेकपा माओवादी र नेकपा समाजवादीको गठबन्धनको तर्फबाट नवराज पौडेल समेत चुनावी प्रतिस्पर्धामा रहेका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट पालिका अध्यक्ष गोविन्द खड्काकी श्रीमती सावित्रा गुरुङ खड्का साथै नेकपा माओवादी र नेकपा समाजवादीको गठबन्धनको तर्फबाट ध्रुव कार्की मुख्य चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
समृद्ध लिखुतामाकोशी गाउँपालिका निर्माण गर्न आतुरछुः कमलप्रसाद कडरिया
- प्रकाशित मिति: सोमबार, बैशाख २६ २०७९
- तामाकोशी