रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलेघाटमा माईक्रोबस दुर्घटना हुदा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट रामेछाप सदरमुकाम मन्थली आउँदै गरेको बा २ ख ४१८० नम्बरको माईक्रो (हाईस) बस भलुवाजोरको सेलेघाटमा बुधबार दिउँसो १ः३० बजे सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका खाँडादेवी गाउँपालिका वडा नं १ बस्ने बर्ष ३७ की सविना मोक्तान र उहाँका छोरा वर्ष ६ का सिजन मोक्तानलाई थप उपचारका लागि एभरेष्ट एयरको हेलिकप्टर मार्फ काठमाडौं पठाइएको छ । दुर्घटनामा परी घाइते भएका अन्य ८ जनाको सिन्धुलीको शुभजीव अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
दुईघटनामा परी घाइते भएकाहरुको विवरण
(१)जिल्ला दोलखा विगु गा.पा.–३ बस्ने बर्ष २३ की स्वस्तिका श्रेष्ठ दाहिने आखाँमाथी चोट अवस्था सामान्य (शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
(२)निजकै छोरा १० महिनाको आनन्द श्रेष्ठ दाहिने आँखामाथी चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
(३) रामेछाप लिखुतामाकोसी गा.पा.–६ बस्ने बर्ष ५६ को केशर बहादुर सार्की टाउको र बाया हात र बाया खुट्टामा चोट अवस्था मध्यम ।(सुनकोसी सामुदायिक अस्पतालमा उपचार भईरहेको)
(४)निजकै छोरा बर्ष १६ को अनिस सार्की टाउको ढाड र वाया कानमा चोट अवस्था मध्यम । (सुनकोसी सामुदायिक अस्पतालमा उपचार भईरहेको)
(५)जिल्ला रामेछाप खाँडादेवी गा.पा.– १ बस्ने बर्ष ३७ की सविना मोक्तान टाउकोमा र दाहिने हातमा चोट अवस्था गम्भिर ।( काठमाडौं पठाइएको)
(६)निजकै छोरा बर्ष ६ को सिजन मोक्तान दाहिने आँखामाथि चोट अवस्था सामान्य । (काठमाडौं पठाइएको )
(७)जिल्ला सिन्धुली कमालामाई न.पा.–११ बस्ने बर्ष २६ को शिवहरी बुढाथोकी दाहिने खुट्टामा चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
८)जिल्ला रामेछाप मन्थली न.पा.–५ बस्ने बर्ष ३७ को सिताराम कार्की ढाडमा चोट अवस्था गम्भिर ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)।
९)रामेछाप न.पा.–४ बस्ने बर्ष ३० की यमुना तामाङ दाहिने हात र दाहिने घुडामा चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
१०)मन्थली न.पा.– १ बस्ने बर्ष ४१ कुमार थापा निदारमा चोट अवस्था सामान्य ।(शुभ जिवन अस्पतालमा उपचार भईरहेको)
रामेछापको सेलेघाटमा माईक्रोबस दुर्घटना १० जना घाइते, दुईको अवस्था गम्भीर
- प्रकाशित मिति: बुधबार, बैशाख २१ २०७९
- तामाकोशी