रामेछाप । जिल्लामा सवारी दुर्घटनामा परी ९ महिनाको अवधिमा १० जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन् । चालु आर्थिक वर्ष २०७८÷०७९ को चैतमहिनासम्म जिल्लाको विभिन्न स्थानमा भएको २८ वटा सवारी दुर्घटना परी १० जनाको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्लामा ९ महिनाको अवधिमा बोलेरो, ट्याक्टर र ट्रक दुर्घटनामा परी १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक श्रीशङ्कर श्रेष्ठले बताउनभयो ।
उहाँका अनुसार यो अवधिमा ट्याक्टर दुर्घटनामा परी चार जना, बोलेरो दुर्घटनामा पाँच जना र ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार विभिन्न ठाउँमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा तीन जना ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिकाका रहेका छन भने अन्य जिल्लाभित्रकै नागरिक रहेका छन् । प्रहरीका अनुसार सवारीका चलाउँदा सुरक्षामा ध्यान नदिनाले पनि धेरैले अकालमै ज्यान गुमाएका छन् ।
चालकको लापरवाही, सडकको दुरावस्था र सवारी साधान तिब्र गतीमा चलाएका कारण दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ ।