ओखलढुंगामा जीप दुर्घटना : दुई जना प्रहरीको मृत्यु

  • प्रकाशित मिति: बुधबार, चैत्र ३० २०७८
  • तामाकोशी

रामेछाप । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बुधबार बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको हो । ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताउनुभयो । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको छ ।