रामेछाप, चैत २९ गते । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले आसन्न निर्वाचनको लागि अध्यक्षका आकांक्षी सम्भावित उम्मेद्धारहरु सिफारिस गरेका छन् । मंगलबार बसेको पाँचौ पुर्ण बैठकको निर्णयले एमालेबाट उक्त सम्भावित उम्मेद्धारहरुको नाम सिफारिस गरिएको हो ।
नेकपा एमाले लिखुतामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष भिमबहादुर तामाङका अनुसार आसन्न बैशाख ३० को स्थानीय निर्वाचनको लागि एमालेबाट पालिका अध्यक्षका दावेदार आकांक्षीहरु धेरै भएकाले प्राप्त सम्पुर्ण उम्मेद्धारहरुको नाम जिल्ला हुदै प्रदेश कमिटीमा सिफारिस गरिएको बताउनुभयो ।
नेकपा एमालेबाट जिल्लाको लिखुताकोशी गाउँपालिका अध्यक्षका लागि ११ जना र उपाध्यक्षका लागि ५ जनाको उम्मेद्धारी परेका छन् ।
अध्यक्षका उम्मेद्धारहरुः
१) आश बहादुर तामाङ वडा नं. ५
२) उद्धब कडरिया वडा नं. ६
३) कमल कडरिया वडा नं. ६
४) केशर बहादुर पौडेल वडा नं. २
५) दिपशिखा दाहाल वडा नं. ६
६) जगन्नाथ दाहाल वडा नं. ४
७) बल बहादुर (बिष्णु) बस्नेत वडा नं. ४
८) भोजराज कडरिया वडा नं. ६
९) दुर्गा बहादुर श्रेष्ठ वडा नं. ६
१०) पुषोत्तम कडरिया वडा नं. ६
११) रमेश वाग्ले वडा नं. १
उपाध्यक्षका उम्मेद्धारहरुः
१) दिपा पाख्रिन वडा नं. ५
२) अनिता थापा वडा नं. १
३) सुशिला थापा वडा नं. ६
४) निङमर तामाङ वडा नं. १
५) बिमला अधिकारी वडा नं. ६
यि हुन् एमालेबाट लिखु-तामाकोशी गाउँपालिका अध्यक्षका आकांक्षी उम्मेद्धारहरुः (पुर्ण नामावलीसहित)
- प्रकाशित मिति: मंगलबार, चैत्र २९ २०७८
- तामाकोशी