रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा न. ५ सुनारपानीमा टिपरले मोटर साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मङ्गलवार सालुबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०१–००३ क ८७०७ नं.को टिपरले मन्थलीबाट सालु तर्फ आउँदै गरेको बा ७० प २२७२ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङकर श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी मोटरसाइकलमा सवार ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं १ गैरी बस्ने २६ का प्रभुराम कटुवाल र सोही मोटरसाइकलमा सबार मन्थली नगरपालिका वडा नं ११ गेलुका वर्ष ३० का राजेन्द्र बुढाथोकी घाइते भएका छन् । प्रहरीका अनुसार कटुवालको दाहिने हातको पातो खुस्केको र दाहिने घुडामुनी चोट लागेको छ भने बुढाथोकीको अनुहार र दाहिने खुट्टामा चोट लागेको छ । घाइते दुवै जनालाई मन्थलीको तामाकोसी अस्पताल सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौँको बिएण्डबि अस्पतालमा पठाएको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो । टिपर चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
टिपरले मोटरसाइकल ठक्कर दिँदा दुई जना घाइते
- प्रकाशित मिति: मंगलबार, चैत्र २९ २०७८
- तामाकोशी