मिस्टर एण्ड मिस मोडल रामेछाप सिजन ३ को ताज कार्कीले जिते

  • प्रकाशित मिति: आइतबार, चैत्र १३ २०७८
  • तामाकोशी

मन्थली । मिस्टर एण्ड मिस मोडल रामेछाप सिजन ३ को उपाधि (ताज) साहारा कार्कीले जितेका छन् । शनिबार मन्थलीमा सम्पन्न ग्राण्ड फिनालीमा कार्कीले सिजन ३ को उपाधिसंगै नगद रु. १५ हजार सहित अन्य पुरस्कारहरु हात पारेका छन् ।
किङस्टार क्रियशन प्रालिद्धारा संचालित उक्त प्रतियोगिताको फस्ट रनर अफ उपाधि भने सलिना थापा मगरले कब्जा जमाउन सफल भएका छन् । यस्तै लिटिल मोडल अफ रामेछाप सिजन २ को उपाधि प्रशान्त थापाले जितेका छन् भने फस्ट रनर अफ अपेक्षा श्रेष्ठ र सेकेण्ड रनर अफ त्रिसा गुरुङले हात पारेका छन् । थापाले उपाधि संगै नगद रु. १० हजार सहित अन्य पुरस्कारहरु हात पारेका छन् ।

जम्मा ९ विच भएको प्रतिस्पर्धामा विभिन्न विद्याका विज्ञ जर्जेजहरुकोे मुल्यांकनमा उपाधिको छिनोफानो गरिएको आयोजक संस्थाका व्यवस्थापक सुमन खड्काले जानकारी दिनुभयो । उहाँले रामेछापमा पछिल्लो समयमा मोडलिङ क्षेत्रको विकासले तिव्रता पाइरहेकाले यस्ता खालको कार्यक्रमहरुको आबश्यकता बढ्दै गईरहेको बताउनु भयो ।



रामेछाप नगरपालिकाकी उपमेयर सिर्जना खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त ग्राण्ड फिनालीको कोरियोग्राफर मिस पश्चिमाञ्जनका विजेता अमिसा थापाले गरेका थिए भने मिस नेपाल टप १२ सिजा चौलागाईको नेत्रित्वमा मिस एम्बास्टर विजेता सपना भण्डारी, राजन बुढाथोकी लगाएतका टोलीले जर्ज गरेका थिए ।