दलित महिला संघ रामेछापद्धारा मतदाता शिक्षा कार्यक्रम गर्दै

  • प्रकाशित मिति: बुधबार, चैत्र २ २०७८
  • तामाकोशी

रामेछाप । दलित महिला संघ जिल्ला शाखा रामेछापले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार संस्थाले जिल्ला स्तरीय सरोकारवाला निकाय विच समन्वय गरी सो बारे जानकारी गराएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मतदाताहरुले ठिक तरिकाले मतदान गर्न, मत बदर संख्या शुन्यमा झार्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको दलित महिला संघ जिल्ला शाखा रामेछापकी अध्यक्ष देव कुमारी नेपालीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एव मन्थली नगरपालिका प्रमुख रमेश कमार बस्नेतले महिला संघले गरेको मतदाता शिक्षा आफैमा राम्रो भएको र संस्थाले गर्ने हरेक काममा मन्थली नगरपालिको सदैव साथ सहयोग रहने बताउनुभयो ।



कार्यक्रममा मन्थली नगरपालिका १ का वडाध्यक्ष नारायण दाश श्रेष्ठले संस्थाले कुनै पनि पार्टीको आस्था नराखी मतदाता शिक्षालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । रामेछाप सामुदायिक अस्पतालको तर्फबाट संस्थालाई स्वास्तिक छाप र मतपत्र छपाउनका लागि नगद दश हजार रुपैयाँ संस्थालाई उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

जिल्ला दलित पत्रकार संघका अध्यक्ष लेख बहादुर विकले दलित महिला संघलाई विगत देखीनै मतदाता शिक्षालाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि दलित महिला संघलाई सहयोग गर्ने बताउनुभयो । सञ्चार माध्यमबाट समेत खेल्नुपर्ने भुमिकाहरु पुर्ण रुपमा निर्वाह गर्ने उहाँले बताउनुभयो । नेपाल मतदाता अधिकार मञ्चले पनि निर्वाचनको बेलामा हुने गलत सुचनालाई रोक्न  नागरिकहरुलाई सचेत गर्न विभिन्न अभियान सञ्चालन गरिरहेकाले यसमा पनि साझेदार गरेर काम गर्ने उहाँले बताउनुभयो ।