एमाले सुनारपानी-काठमान्डौ सम्पर्क मञ्चको अध्यक्षमा थापा

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १४ २०७८
  • तामाकोशी

काठमान्डौ, १४ फाल्गुन, पुस्कर भट्टराई।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको सुनारपानी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुन्दर जंग थापा चयन भएको छ ।
शनिवार जडिबुटी इन्द्रेणी रारा पार्टी सभाहलमा भएको कार्यक्रमबाट थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन भएको हो ।



पार्टी पोलिट ब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमबाट भरत कुमार थापाको अध्यक्ष्यतामा १५ सदस्यीय सल्लाहकार कमिटी र अनिल कार्कीको अध्यक्ष्यतामा ४१ सदस्यीय राष्ट्रिय युवा संघ सम्पर्क कमिटी गठन भएको छ ।