भिरपानीका दलित समुदायलाई आधुनिक आरन र वाइल्डिङ मेसिन

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ४ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीले दलित समुदायका उद्यमीलाई आधुनिक आरन र वाइल्डिङ मेसिन प्रदान गरेको छ । गाउँपालिकाले वडाको लागि छुट्याएको बजेटबाट ती सामाग्री प्रदान गरिएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिनुभयो । दलित समुदायको उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिलाई ती सामाग्री प्रदान गरिएको हो । भिरापनीको आँपचौरका दलित समुदायको उपभोक्ता समितिलाई ६ सेट वाइल्डिङ मेसिन तथा दुई वटा सुधारिएको आरन प्रदान गरिएको उहाँले बताउनुभयो । ती सामाग्री समूहले आवश्यकताको आधारमा चलाउने उहाँले जानकारी दिनुभयो । विक समुदायले परम्परागत रूपमा गर्दै आएको फलामका घरायसी प्रयोगका सामान तथा वेयल्डिङको काम गर्न ती उपकरणले सहयोग गर्ने कार्कीले बताउनुभयो । यसले उहाँहरूलाई आयआर्जनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।