मन्थली । प्रेस चौतारी नेपाल जिल्ला कमिटी रामेछापको चौथो जिल्ला अधिवेशनबाट तामाकोशी अनलाइनका कार्यकारी सम्पादक नवराज श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष युनिक विफा घिसिङको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता रहेको अधिवेशनबाट सम्पादक श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
सर्वसम्मत भएको कमिटीको खुल्ला उपाध्यक्षमा विष्णु खड्का र समावेशी उपाध्यक्षमा सुमित्रा लामा चयन भएका छन्। कमिटीको सचिवमा निरोज कुमार थापा, सहसचिवमा शंकर बरुवाल, समावेशी सहसचिवमा दीपक लामा र कोषाध्यक्षमा सिता पुरी, त्यस्तै सदस्यमा सिर्जना रसाइली, शर्मिला विसुन्खे, नवीना दंगाल र नवराज बिक चयन भएका छन् ।
यसैगरी केन्द्रीय प्रतिनिधिमा पार्वती पाठक, शान्ता श्रेष्ठ र नीरज सापकोटा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा प्रकाश परिष्कार, प्रज्वल पौडेल, लेखबहादुर बिक र बिन्दिरा रसाइली चयन भएका छन् ।
अधिवेशनलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाश ढुङ्गेल, एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्की लगायतले सम्बोधन गर्नुभएको थियो ।